सूचनाको शक्ति - The Power Of Information

        

डढेलोमा जलेर मकवानपुरमा एक जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका–१, नयाँ गाउँस्थित सामुदायिक वनमा लागेको डढेलोमा जलेर बिहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय अकिलबहादुर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घरनजिकै रहेको बोकेदह सामुदायिक वनमा लागेको डढेलो गाईगोठमा आयो कि भनेर श्रीमती र दाजुसहित गएराति उनी बारीमा गएका थिए । बारी छेउको भिरबाट लडेर पाख्रिन बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा बिहीबार भोर्लाको लहरामा अड्किएको र डढेलोमा जलेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार ०७:०९

लोकप्रिय