सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीमा ६ एआइजी रिक्त, को-को छन् ११ प्रतिस्पर्धी ?

नेपाल प्रहरीमा ६ वटा अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी रिक्त भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार दीपक थापा आइजीपी नियुक्त भएसँगै एआइजीको रिक्त दरबन्दी ६ पुगेको हो । त्यसअघि निवर्तमान आइजीपी वसन्त कुँवरसँगै ५ एआइजी चैत ४ देखि अवकाशमा गएका थिए ।

कुँवरसँगै एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई एकसाथ अवकाशमा गएका हुन् । उनीहरूकै ब्याचमेट डीआइजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि सेवानिवृत्त भएका छन् । प्रहरीमा जनपदतर्फ ८ एआइजीको दरबन्दी छ । जसमा अहिले दुई एआइजी मात्रै छन् । योसँगै अब एआइजीको रिक्त दरबन्दीमा बढुवाको तीव्र प्रतिस्पर्धा देखिएको छ ।

डीआइजीहरू चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी, राजन अधिकारी, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक एआइजी बढुवाको दाबेदार छन् । बढुवा सूचीको पहिलो नम्बरमा डीआइजी खापुङ, दोस्रो नम्बरमा आचार्य र तेस्रोमा शर्मा छन् । माथिका यिनै ११ जना मध्येबाट ६ जनालाई सरकारले एआइजी नियुक्त गर्नेछ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार ०८:४१

लोकप्रिय