सूचनाको शक्ति - The Power Of Information

        

महेन्द्र पुस्तकालयले दियो उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

महेन्द्र पुस्तकालय नेपालगन्जले बाँकेमा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशी नगद २१ हजार रहेको छ । डा.कृष्णजङ्ग राणाद्वारा स्थापित शान्ता राणा शैक्षिक पुरस्कार त्रिभुवन नमुना मावि कोहलपुरकी छात्रा श्री संगिता कटुवाललाई प्रदान गरिएको हो ।

जिल्लाका सामुुदायिक विद्यालयहरुका कक्षा १२ का छात्राहरुमध्ये सबैभन्दा उत्कृष्ट अंक ३.५८ जीपीए प्राप्त गरेकी कटुवाललाई पुरस्कार प्रदान गरिएको हो । पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षता तथा नेपालगंज उपमहानगरपालिकाका कार्यवाहक प्रमुख श्री कमरुद्दीन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीसमेतको सहभागिता रहेको पुरस्कार वितरण कार्यक्रममा पूर्व प्रधानाध्यापक विष्णुमान श्रेष्ठ, प्राज्ञ शशीराम कार्की, नरेन्द्रजंग पीटर लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतवार १९:१६

लोकप्रिय