२०८३ वैशाख १० , बिहीबार 23, April 2026, Thursday

आफ्नो पार्टीका सांसदलाई ‘मिस्टर’ र ‘तिमी’ भनेकोमा गर्जिए सिंह

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ चैत ४ गते सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी संसदीय दलका प्रमुख सचेतकसमेत रहेका सांसद ज्ञानेन्द्र शाहीलाई तिमी र मिस्टर भन्ने एमाले सांसद रघुजी पन्तको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । सो शब्द संसदको रेकर्डबाट हटाउन राप्रपाले माग गरेको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा राप्रपा सांसद दीपकबहादुर सिंहले संसद्मा मर्यादाहीन अभिव्यक्ति बोलिएको भन्दै आपत्ति जनाएका हुन् । हिजो संसद्मा राजतन्त्रको झुटो इतिहास सुनाएर ज्ञानेन्द्र शाहीलाई अपशब्द बोलेर मानहानी गरिएको भन्दै सांसद सिंहले संसद्मै गर्जिएका छन् ।

‘ज्ञानेन्द्र शाही कर्णालीबाट जितेर आउनुभएको हो, उहाँले गठबन्धन र लठबन्दनभन्दा दोब्बर मत पाएर जित्नुभएको हो,’ सांसद सिंहले भने, ‘सांसद मर्यादाहीन तरिकाले पेश हुनु गम्भीर विषय हो, संसद्को रेकर्डबाट ती शब्द हटाएर सांसदलाई जिम्मेवार बन्न आग्रह गर्छु ।’

आइतबार प्रतिनिधि सभा बैठकमा आफू बोल्दै गर्दा नियमापत्ति गरेको भन्दै एमाले सांसद रघुजी पन्तले शाहीलाई जुम्लामा हा हु गरेजस्तो होइन, पढेर आउ भनेर टिप्पणी गरेका थिए । त्यसको जवाफ शाहीले सामाजिक सञ्जालमा फर्काएका थिए ।

प्रकाशित मिति : २०८१ चैत ४ गते सोमबार