२०८३ वैशाख १० , बिहीबार 23, April 2026, Thursday

बाँकेमा आठ वर्षीया बालिकामाथि जबरजस्ती करणी

सत्यपाटीसत्यपाटी । बाँके । २०८१ चैत ४ गते सोमबार

बाँकेमा आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका–८ पिपिरी बस्ने २५ वर्षीय निमबहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बिकले ती बालिकालाई शनिबार साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ चैत ४ गते सोमबार