अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि थप रू तीन अर्ब ८४ करोड निकासा गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा सम्बन्धी निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।
निकासा भएको रकममा स्वास्थ्य बीमा बोर्डलाई रू तीन अर्ब, ज्येष्ठ नागरिकको उपचार लगायतका लागि रू ६० करोड र मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई रू २४ करोड रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं