सूचनाको शक्ति - The Power Of Information

        

अधिकांश विदेशी मुद्राको मूल्य बढ्यो

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रूपैयाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ८० पैसा र बिक्रीदर १४५ रूपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १७४ रूपैयाँ ८८ पैसा र बिक्रीदर १७५ रूपैयाँ ६४ पैसा कायम गरिएको छ । स्वीस फ्र्यांक एकको खरिददर १५४ रूपैयाँ २२ पैसा र बिक्रीदर १५४ रूपैयाँ ८९ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४१ पैसा तोकिएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ३५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ७७ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रूपैयाँ ६० पैसा र बिक्रीदर १०४ रूपैयाँ पाँच पैसा, जापानी येन १० को खरिददर नौ रूपैयाँ २७ पैसा र बिक्रीदर नौ रूपैयाँ ३१ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १९ रूपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रूपैयाँ १५ पैसा, थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार यूएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८६ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४७ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६५ पैसा र बिक्रीदर नौ रूपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ र बिक्रीदर १३ रूपैयाँ पाँच पैसा निर्धारण भएको छ ।

त्यस्तै, डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४२ पैसा र बिक्री दर १९ रूपैयाँ ५० पैसा, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८२ पैसा र बिक्रीदर १७ रूपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ७८ पैसा र बिक्रीदर ४५० रूपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ २४ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ८३ पैसा, ओमनी रियाल एकको खरिददर १६० रूपैयाँ आठ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ६४ पैसा तोकेको छ ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.45 139.05
eur (European Euro)
1 144.80 145.43
gbp (UK Pound Sterling)
1 174.88 175.64
chf (Swiss Franc)
1 154.22 154.89
aud (Australian Dollar)
1 88.03 88.41
cad (Canadian Dollar)
1 97.35 97.77
sgd (Singapore Dollar)
1 103.60 104.05
jpy (Japanese Yen)
10 9.27 9.31
cny (Chinese Yuan)
1 19.09 19.18
sar (Saudi Arabian Riyal)
1 36.92 37.08
qar (Qatari Riyal)
1 37.98 38.15
thb (Thai Baht)
1 4.12 4.14
aed (UAE Dirham)
1 37.69 37.86
myr (Malaysian Ringgit)
1 31.33 31.47
krw (South Korean Won)
100 9.65 9.70
sek (Swedish Kroner)
1 13.00 13.05
dkk (Danish Kroner)
1 19.42 19.50
hkd (Hong Kong Dollar)
1 17.82 17.90
kwd (Kuwaity Dinar)
1 448.78 450.73
bhd (Bahrain Dinar)
1 367.24 368.83
omr (Omani Rial)
1 360.08 361.64

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार ०६:२४

लोकप्रिय