नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य दुई हजार ७०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रवार चाँदी तोलामा एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८१ फागुन ४ गते आइतबार
सत्यपाटी