सूचनाको शक्ति - The Power Of Information

        

विचार

भर्खरै जन्मेको बच्चालाई कसरी हेरचाह गर्ने ?

भर्खरै जन्मेका बच्चालाई न्यानो बनाउने साथै आद्रतालाई समेत सन्तुलनमा राखेर उपचार गरिन्छ ।

सामान्यतयाः कुनैपनि बच्चा गर्भमा रहेदेखि ३७ हप्तामा जन्मेको बच्चालाईलाई राम्रो मानिन्छ । समय पुगेर जन्मेको बच्चालाई ‘टर्म’ अर्थात् समय पुगेर जन्मेको बच्चा भनिन्छ । यस्तै कुनै बच्चाहरु समय नपुगीकन पनि जन्मिरहेका हुन्छन् । यस्तो बच्चालाई प्रिटम अर्थात् समय पुग्नुभन्दा पहिल्यै जन्मेको बच्चा भनिन्छ । नियो नेट (नवजात) भन्नाले बच्चा जन्मेदेखि ३० दिनसम्मको बच्चालाई भनिँदै आएको छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले गर्भ रहेको २७ हप्तादेखि पछि जन्मेका बच्चालाई नियो नेटल इन्टेन्सिभ केयर युनिट (एनआइसीयु) मार्फत उपचार गर्दै आएको छ । बच्चा जन्मने सामान्यतया समय भनेको बच्चा गर्भमा रहेको ३७ हप्ता भए पनि सोभन्दा ढिलो वा चाँडो जुनसुकै बेलापनि जन्मन सक्ने हुन्छ । नवजात शिशु (भर्खरै जन्मेको बच्चा)लाई विभिन्न रोगहरु देखिने गरेको पाइन्छ ।

भर्खरै जन्मेका नियो नेट बच्चाको मुटु, फोक्सो, आन्द्रा, किड्नी, कलेजो लगायतमा समस्या देखिने गरेको पाइन्छ । सो बाहेक बच्चाहरुमा इन्फेक्सन समेत बढी मात्रामा हुने गरेको छ । अस्पतालमा जन्मेका बच्चालाई नियो नेटल इन्टेन्सिभ केयर युनिट (एनआइसीयु) मार्फत उपचार गरिँदै आए पनि कहिलेकाँही बाहिर जन्मेका बच्चाहरु इन्फेक्सनका कारण पनि अस्पतालमा आउने गरेका छन् । नवजात बच्चाहरुमा निमोनिया, पिसाब, मेनेन्जाइटिस (दिमागको इन्फेक्सन) लगायतको समस्या पनि उत्तिकै मात्रामा देखिने गरेको छ ।

यस्तै, जन्मिनेवित्तिकै जन्डिसका विरामी पनि धेरै मात्रामा अस्पताल आउने गरेको पाइन्छ । उक्त समस्या देखिएका विरामीलाई ग्राण्डी अस्पतालले सुविधासम्पन्न उपकरणबाट उपचार गर्दैै आएको छ । भर्खरै जन्मेका बच्चालाई न्यानो बनाउने साथै आद्रतालाई समेत सन्तुलनमा राखेर उपचार गरिन्छ । उक्त उपकरणलाई (इन्कोभेटर) समेत भन्ने गरिन्छ । महिना र तौल कम भएको बच्चालाई उक्त उपकरणमा राखेर उपचार गरिँदै आएको छ ।

यसका अलावा रेडियन्ट वार्मर (बच्चालाई न्यानो बनाएर राख्ने मेसिन)मा समेत राखेर उपचार गर्दै आएका छौँ । जन्डिस भएका बच्चालाई फोटो थेरापी मेसिनमा राखेर उपचार गर्दै आएका छौँ । त्योबाहेक भेन्टिलेटर, सि प्याप, हाइफ्लो नेजल क्यानोलाबाट उपचार गरिन्छ । श्वासप्रश्वासमा गारो भएका बच्चालाई समेत उपचार गछौँ । ग्राण्डीमा इन्फेक्सन, जन्डिस लगायतका बच्चाको डिस्चार्ज गरेर जाने रेट ९० प्रतिशतभन्दा बढी रहेको छ ।

यसबाहेक अस्पतालले गर्भसंस्कार कक्षासमेत सञ्चालन गर्दै आएको छ । गर्भसंस्कार कक्षामा अस्पतालका डाक्टर तथा नर्सले गर्भवती महिलालाई स्तनपानको बारेमा सिकाउने, बच्चा जन्मेदेखि आधा घण्टादेखि कुन समयमा कसरी दुध खुवाउने बारेमा सिकाउने गर्नुहुन्छ । अप्रेसन गरेर बच्चा जन्माउनुभन्दा नर्मल डेलिभरी गरेका बच्चाका आमाहरु चाँडो निको हुने र स्वस्थ्य हुने भएकाले नर्मल डेलिभरीका लागि अस्पतालले जोड दिँदै आएको छ ।

बच्चा जन्माएर घर जाने बच्चाका आमा तथा उनका परिवारलाई स्तनपानको बारेमा जानकारी गराएर पठाउने गरेका छौँ । रुघाखोकी, निमोनिया र झाडापखाला भएका बालबालिकाहरु बढी मात्रामा अस्पतालमा आउने गरेका छन् । कुनै पनि बच्चा विरामी भएपछि सुरुमा मेडिकल लैजाने गरिन्छ । मेडिकलले तत्काल बच्चालाई ठिक पार्नका लागि जथाभावी रुपमा एन्टोबायोटिक औषधी दिने गर्दछ ।

यसरी सुरुमै एन्टोबायोटिक औषधी प्रयोग गर्दा बालबालिकालाई समस्या हुने गरेको छ । धेरैजसो बालबालिकामा हुने रोग भाइरल भएकाले केही समयमा आँफै निको हुने हुन्छ । मेडिकलले जथाभावी रुपमा एन्टोबायोटिक चलाएर ठिक नभएपछि अस्पतालमा आउँदा एन्टोबायोटिक पुनः चलाउने कि बन्द गर्ने भन्ने दोधारमा डाक्टरहरु परेका हुन्छन् । त्यसैले बालबालिकामा एन्टोबायोटिक चलाउँदा ख्याल गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार ०९:०४

लोकप्रिय