सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलरको मूल्यमा निरन्तर वृद्धि, नयाँ कीर्तिमान

अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । लगातार वृद्धि भएर अमेरिकी डलरले मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरले रेकर्ड कायम गरेको हो । अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर मात्रै होइन, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्यांक, सिंगापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिंगेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर ,हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि मूल्य वृद्धि भएको छ ।

युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा, स्विस फ्र्यांक एकको खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३५ पैसा कायम गरिएको छ । केही विदेशी मुद्राको भाउ भने स्थिर छ भने अस्ट्रेलियन डलरको मूल्य भने ओरालो लागेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८६ रुपैयाँ १२ पैसामा झरेको हो । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३८ पैसा, सिंगापुर डलर एकको खरिददर १०१ रुपैयाँ १९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६३ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८८ पैसा र बिक्रीदर आठ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा,साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ १९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिदर ४४८ रुपैयाँ १९ पैसा र बिक्रीदर ४५० रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६० रुपैयाँ ७५ पैसा तोकिएको छ ।

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.28 138.88
eur (European Euro)
1 142.53 143.15
gbp (UK Pound Sterling)
1 168.92 169.66
chf (Swiss Franc)
1 151.69 152.35
aud (Australian Dollar)
1 85.75 86.12
cad (Canadian Dollar)
1 95.96 96.38
sgd (Singapore Dollar)
1 101.19 101.63
jpy (Japanese Yen)
10 8.88 8.92
cny (Chinese Yuan)
1 18.87 18.95
sar (Saudi Arabian Riyal)
1 36.86 37.01
qar (Qatari Riyal)
1 37.93 38.09
thb (Thai Baht)
1 4.01 4.03
aed (UAE Dirham)
1 37.65 37.81
myr (Malaysian Ringgit)
1 30.69 30.82
krw (South Korean Won)
100 9.49 9.53
sek (Swedish Kroner)
1 12.40 12.45
dkk (Danish Kroner)
1 19.10 19.19
hkd (Hong Kong Dollar)
1 17.76 17.83
kwd (Kuwaity Dinar)
1 448.19 450.13
bhd (Bahrain Dinar)
1 366.84 368.44
omr (Omani Rial)
1 359.19 360.75

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार ०८:०२

लोकप्रिय