बिहीबार पनि सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँ बढेको हो । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँ पुगेको छ ।
बुधबार भने यो मूल्य १ लाख ५५ हजार ४०० रुपैयाँ थियो । यता, चाँदीको भाउसमेत तोलामा ५० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ८३० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ८५० रुपैयाँ पर्ने भएको हो ।
प्रकाशित मिति : २०८१ माघ ३ गते बिहीबार
