नेपाल आयल निगमले बुधबार रातिबाट लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान ३ रुपैयाँ प्रतिलिटरका दरले मूल्यवृद्धि गरेको छ । मुल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल १६५ र डिजेल तथा मट्टितेल १५६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
इण्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसो पेट्रोलको खरिद मुल्य २.२४ रुपैयाँ र डिजेलको खरिद मुल्य ३.५५ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य बढाइएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने घटबढ भएको छैन ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं