नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्यमा १०० रुपैयाँले वृद्धि भएर तोलामा १ लाख ५६ हजार रुपैयाँ नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
पुस २२ गते तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको सुनको मूल्य सोमबारसम्म आइपुग्दा ३ हजार ८०० रुपैयाँ बढिसकेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ । पछिल्लो समय सुन तथा चाँदीको मूल्य वृद्धि भइरहेको छ ।
केही समयअघि सरकारले भन्सार घटाएसँगै सुन तथा चाँदीको मूल्य ह्वात्तै सस्तिएको थियो । तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको सुनचाँदी व्यवसायीहरू बताउँछन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं