सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दर अनुसार आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ वृद्धि भएको छ । अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ तीन पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा कायम भएको छ भने युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ७८ पैसा, बिक्रीदर १७२ रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ आठ पैसा र बिक्रीदर ८६ रुपैयाँ नौ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९६ रुपैयाँ नौ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ६९ पैसा र बिक्रीदर १०० एक रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा, थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६५ रुपैयाँ नौ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.03 137.63
eur (European Euro)
1 142.68 143.31
gbp (UK Pound Sterling)
1 171.78 172.53
chf (Swiss Franc)
1 151.91 152.57
aud (Australian Dollar)
1 86.08 86.45
cad (Canadian Dollar)
1 95.67 96.09
sgd (Singapore Dollar)
1 100.69 101.13
jpy (Japanese Yen)
10 8.71 8.75
cny (Chinese Yuan)
1 18.71 18.79
sar (Saudi Arabian Riyal)
1 36.49 36.65
qar (Qatari Riyal)
1 37.59 37.75
thb (Thai Baht)
1 3.98 3.99
aed (UAE Dirham)
1 37.31 37.47
myr (Malaysian Ringgit)
1 30.38 30.51
krw (South Korean Won)
100 9.40 9.44
sek (Swedish Kroner)
1 12.45 12.51
dkk (Danish Kroner)
1 19.13 19.22
hkd (Hong Kong Dollar)
1 17.63 17.70
kwd (Kuwaity Dinar)
1 444.59 446.54
bhd (Bahrain Dinar)
1 363.50 365.09
omr (Omani Rial)
1 355.92 357.48

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार ०८:४२

लोकप्रिय