चिनी उद्यमीले नेपालमा अवैध चिनी आयातका कारण आफूहरू सङ्कटमा पर्दै गएको बताएका छन् । चिनी उद्यमीहरुले चिनी उत्पादनको सिजनमा समेत बिक्री गर्न नसकिएको जनाएको छ ।
नेपाल चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले अनधिकृत र अनियन्त्रित चोरीपैठारीका कारण आफ्ना उद्योगको चिनी नबिकेको भन्दै अवस्था यस्तै रहे उखु किसानलाई भुक्तान गर्न समस्या पर्ने औँल्याए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनी खपत हुन्छ । गत आव २०८०–०८१ मा एक लाख ७८ हजार मेट्रिक टन चिनी नेपालभित्रै उत्पादन भएको थियो भने २० हजार मेट्रिक टन औपचारिक माध्यमबाट आयात भएको थियो ।
बाँकी करिब ५० हजार मेट्रिक टन अवैध आयात भएको आकलन उद्योगीको छ । नेपालमा भन्दा भारतमा प्रतिकेजी करिब १५ रुपैयाँ सस्तो पर्ने र अवैध आयात गर्दा करसमेत नतिर्ने हुँदा अवैध आयात फस्टाएको अग्रवालले बताए ।
‘सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा राज्य संरचनाले यसमा ध्यान दिएर तस्करी रोक्नु आवश्यक छ,’ अग्रवालले भने, ‘हाम्रो चिनी यही कारण अहिले बिकिरहेको छैन । यो अवस्थामा किसानलाई भुक्तान गर्ने रकमसमेत प्राप्त नहुने खतरा छ ।’
सङ्घका अनुसार गत वर्षको करिब पाँच हजार मेट्रिक टन चिनी पनि उद्योगीसँग मौज्दात नै छ । अग्रवालले नेपाल भारत सीमा क्षेत्रमा साइकल तथा स्कुटर प्रयोग गरी अवैध रूपमा चिनी ल्याएर भण्डारण गर्ने क्रम जारी रहेको सूचना आफूले पाएको बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं