दैलेखको नौमुले गाउँपालिकाका उपाध्यक्ष गङ्गबहादुर शाहीले मादकपदार्थ सेवन गरी आफ्नै गाउँपालिकाका कर्मचारीलाई कुटपिट गरेका छन् । सामान्य विषयमा भनाभन हुँदा शाहीले गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमका सब इन्जिनियर विवेकप्रसाद रेग्मीमाथि कुटपिट गरेका हुन् ।
कुटपिटलगत्तै रेग्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएका छन् । उपाध्यक्षको कुटपिटबाट रेग्मीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । आफूमाथि कुटपिट भएको भन्दै उपाध्यक्ष शाहीविरुद्ध पीडित रेग्मीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको दैलेखका प्रहरी प्रमुख (डिएसपी) सुनिल दाहालले बताए । साथै दुवै पक्षलाई सँगै राखेर घटनाबारे थप बुझ्ने कोशिस भईरहेको उनले बताए ।
सत्यपाटी संवाददाता । दैलेख