२०८२ माघ ३ , शनिबार 17, January 2026, Saturday

राउटे युवतीमाथि दुर्व्यवहार गर्ने एक जना पक्राउ

सत्यपाटीसत्यपाटी । दैलेख । २०८२ जेठ १८ गते आइतबार

राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

राउटे समुदायका युवतीहरूलाई गलत नियतसहित दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि आठबीस नगरपालिका–३ का २८ वर्षीय टोपेन्द्र शाहीलाई दैलेख प्रहरीले पक्राउ गरेको हो ।

राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी आएपछि टोपेन्द्र शाहीलाई घरबाटै पक्राउ गरी सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक देवीराम भण्डारीले बताए ।

१५ सकेन्ड लामो उक्त भिडियोको चार दिनअघि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि अधिकारकर्मीहरुले उजुरी गरेपछि पक्राउ गरिएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेठ १८ गते आइतबार