२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

दिउँसो साढे चार घण्टा बन्द हुँदै नागढुंगा-नौबिसे सडक

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ ७ गते बुधबार

नागढुंगा-नौबिसे सडक खण्ड निर्माणका लागि यही जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ ।

यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र बन्द गरेर काम हुँदै आएकोमा अब दिउँसोमा समेत बन्द गरेर काम गर्न लागिएको हो ।

सडक निर्माण आयोजनाको प्रस्ताव अनुसार जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म नागढुंगा–नौबिसे सडक खण्ड बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसको विकल्पमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । नागढुंगादेखि नौबिसे सडक खण्डको मोड सुधार गरेर फराकिलो बनाउने र पिच गर्ने काम भइरहेको छ ।

प्रकाशित मिति : २०८२ जेठ ७ गते बुधबार