काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताएका छन् ।
मेयर शाहले बुधवार सामाजिक सञ्जाल फेसबुकमा कवितामार्फत भनेका छन्, ‘मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ । हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ ।’
उनले आफ्नो ठाउँ नै नरहेपछि गाउँ मासेर बनेको सहरको काम नभएको बताउँदै आफ्नो भाउ नै नभए पनि नाउँ बेचेर बनेको रहरको पनि काम नहुने बताएका छन् ।
गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,
मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं