२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

दुर्गा प्रसाईँलाई गिरफ्तार गर्नु राज्य आतङ्क हो : डा.सुनिल शर्मा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ असोज ६ गते आइतबार

नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्नु राज्य आतङ्क भएको टिप्पणी गरेका छन् । लोकतन्त्रमा स्वतन्त्र अभिव्यक्ति दिने नेपाली नागरिकको अधिकार रहेको बताउँदै उनले प्रसाईँलाई पक्राउ गर्नु राज्य आतङ्क रहेको बताए ।

‘सामाजिक अभियन्ता दुर्गा प्रसाईँजीको गिरफ्तारीको घोर भत्षर्ना गर्दै तत्काल निशर्त रिहाइको माग गर्दछु,’ उनले भने, ‘सरकारले जनतालाई डेलिभरी दिने, समयसापेक्ष जनताका पक्षमा काम गर्ने जिम्मेवारी बिर्सेर सरकारका गलत कामका विरुद्ध बोल्ने, सरकारलाई खबरदारी गर्ने अभियन्ताको बोली बन्द गराउने गलत नियतले दुर्गा प्रसाईँजीलाई गिरफ्तार गरिनु राज्य आतङ्क हो ।’ उनले पक्राउ परेका प्रसाईँलाई तत्काल निशर्त रिहाइ गर्न माग गरेका छन् ।

उनले सरकारका गलत कामका विरुद्ध बोल्ने, सरकारलाई खबरदारी गर्ने अभियन्ताको बोली बन्द गराउने गलत नियतले प्रसाईँलाई पक्राउ गरिएको बताए । उनले प्रसाईँलाई पक्राउ गरेर सरकारले लोकतन्त्रको घाटी निमोठ्ने काम गरेको बताए । उनले भने, ‘लोकतन्त्रको घाटी निमोठ्ने काम बन्द गरियोस् । तत्काल सामाजिक अभियन्ता दुर्गा प्रसाईँको निशर्त रिहाइको माग गर्दछु ।’

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतबार