एक सातामै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ५८ हजार ८०० रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँ थियो । यसअघि भदौ ३१ गते सुनको मूल्यले प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँको रेकर्ड बनाएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९१५ रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ९२० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २०८१ असोज ६ गते आइतबार
सत्यपाटी