सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो ।
सार्वजनिक प्रतिवेदनमा सहकारी प्रकरणमा २९ जना फरारको सूचीमा रहेको संसदीय छानबिन विशेष समितिले जनाएको छ । समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित २९ व्यक्ति फरारको सूचीमा रहेको र उनीहरुलाई उपलब्ध गराइदिनुहुन सरकारलाई निर्देशन दिइएको जनाइएको छ ।
फरारको सूचीमा रहेकाहरू जीबी राई, भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, कांग्रैस उपसभापति धनराज गुरुङकीपूर्व श्रीमती ज्योति गुरुङ लगायत रहेका छन् । फरार रही समितिमा उपलब्ध हुन नसकेका सहकारी सञ्चालकलाई उपस्थित गराइदिनका लागि सरकारलाई निर्देशन दिइएका व्यक्तिहरूको सूची यस्तो छ,
१ – स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका गितेन्द्रबाबु (जीबी) राई, हाल मलेसिया ।
२ – सुमेरू मचत तथा ऋण सहकारी संस्थाका भरत महर्जन, राजनाया महर्जन, सचिन महर्जन, सरला महर्जन र निमित्तराज श्रेष्ठ, सबै हाल बेलायत ।
३ – सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका नबहादुर बम्जन, हाल अमेरिका ।
४ – सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका धानवहादुर बुढामगर, भुपेन्द्र राई, हालको अवस्था अज्ञात ।
५ – शिवशिवर बहुउद्देश्यीय सहकारी संस्थाक तेजबहादुर बम्जन(तामाङ), हाल भारत÷युरोप रहेको आशंका ।
६ – इमेज बचत तथा ऋण सहकारी संस्थाका देवकुमार नेपाली, छेला नेपाली र दीपक पौडेल, हाल भारतमा ।
७ – सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका तस्बिरन खातुन र असरफ अली, हालको अवस्था अज्ञात ।
८ – सहारा बचत तथा ऋण सहकारी संस्थाक सागर केसी,
९ – दिनेश रोशा र हेमन्त अधिकारी, हालको अवस्था अज्ञात ।
१० – शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लीलानाथ गौतम, हालको अवस्था अज्ञात ।
११ – नमस्ते वचत तथा ऋण सहकारी संस्थाका विष्णु प्रसाद रिमाल, हालको अवस्था अज्ञात ।
१२ – मेघा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका महाशंकर रेग्मी, हलको अवस्था अज्ञात ।
१३ – कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका प्रेमध्वज लामा, हालको अवस्था अज्ञात ।
१४ – स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाका राजेश श्रेष्ठ, हाल फरार ।
१५ – प्रभु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका बुशचन्द्र श्रेष्ठ, हाल फरार ।
१६ – मितेरी वचत तथा ऋण सहकारी संस्थाकी ज्योति गुरुङ, हाल फरार ।
१७ – आर्जन बचत तथा ऋण सहकारी संस्थाका दीपक थापा ।
१८ – सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बुद्धि गुरुङ ।
१९ – सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका राधेचन्द्र यादव ।
२० – क्यापिटल सेभिड एण्ड क्रेडिट को–अपरेटिभका दिनेश पौडेल ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं