नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम फेरि स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । यसअघि पनि महासंघको निर्वाचन स्थगित भएको थियो ।
त्यसपछि पुनः यही असोज १२ गते मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते (आज) निर्धारण गरिएको थियो । तर, आजै महासंघले निर्वाचन कार्यक्रम सूचनामार्फत स्थगित गरिएको जानकारी दिएको छ ।
‘निर्वाचनको कार्यक्रमअन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्नका लागि असोज ४ गते मिति तोकिएकोमा महासंघबाट प्राप्त पत्रअनुसार उम्मेदवारको मनोनयन दर्तालगायतका कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ’ जारी सूचनामा भनिएको छ ।
मतदाता नामावलीमा भएको विवादका कारण पटकपटक निर्वाचन मिति तोकिए पनि महासंघको निर्वाचन प्रभावित हुँदै आएको छ । महासंघको निर्वाचन समयमा गर्न नसकेपछि महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् । पटक पटक सर्दै आएको महासंघको निर्वाचन अब कहिले हुने भन्ने नै अनिश्चित बनेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं