जनता समाजवादी पार्टी नेपालले २०८४ को निर्वाचनलाई लक्षित गरी संगठन निर्माण अभियान तीव्र बनाएको छ । पाँच लाख क्रियाशील सदस्य पुर्याउने गरी पार्टीको लक्ष्य र कार्यदिशा निर्धारण गरेको जसपा नेपालले संगठन निर्माण अभियान तीव्र बनाएको छ ।
जसपा नेपालका केन्द्रीय सदस्य अम्बिका काफ्लेका अनुसार संगठन निर्माण एवं जनअभियान सञ्चालन गर्ने केन्द्रको कार्यतालिका अनुसार राजनीतिक, सांगठनिक सुदृढिकरणसँगै पार्टीको संगठन निर्माण अभियानलाई तीव्रता दिइएको हो ।
जसपा नेपालको लुम्बिनी प्रदेश समितिले बाँकेमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आगामी २०८४ को निर्वाचनसम्म सम्पूर्ण पार्टीपंक्ति नेतृत्वलाई संगठन निर्माणमा होमिन निर्देशन दिएका छन् ।
अध्यक्ष यादवले आगामी चार महिनासम्म सङ्गठन निर्माण, विस्तार, शुद्धिकरण र सुदृढीकरण अभियानमा होमिन पनि सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिए । उनले भने, ‘पार्टीका कामलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सक्रिय भएर लाग्नुपर्छ ।’
भदौ पहिलो सातादेखि सुरु भएको आधारभूत सङ्गठन निर्माण अभियान अन्तरगत बाँकेमा संगठन निर्माण गरिएको केन्द्रीय सदस्य काफ्लेले बताइन् । जसपा नेपालले सञ्चालन गरेको जनअभियान मंसिर मसान्तसम्म सञ्चालन हुने उनले जानकारी दिइन् ।
केन्द्रीय सदस्य काफ्लेका अनुसार भूगोल, क्षेत्र, योग्यता, क्षमता र विविधताका आधारमा संगठन निर्माण गरिरहेको छ । अभियानका क्रममा पार्टीमा प्रवेश गरेका नयाँ सदस्यहरुलाई स्वागत एवं शुभकामना दिइएको थियो ।
अभियान अन्तरगत बाँकेमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय सदस्य अम्बिका काफ्ले, जिल्ला अध्यक्ष कौशलकुमार धोबी, समाजवादी महिला संघ नेपालका खुस्बु श्रीबास्तव, समाजवादी युवा संघ नेपालका गज्जु चन्द, समाजवादी खेलकुद संघ नेपालका मोहम्मद साजिद खान, समाजवादी अपाङ्ग संघ नेपाल लक्ष्मण केसी लगायतको सहभागिता थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके