सूचनाको शक्ति - The Power Of Information

        

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रकाशशरण महत छन् भने एमालेबाट उपमहासचिवद्वदय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । कार्यदलले अरु सत्तारुढ दलहरुसँग पनि छलफल गरेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्नेछ ।

गत १७ असारमा भएको सहमति अनुसार ३० असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भए पनि न्यूनतम साझा कार्यक्रम बनाइएको छैन ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार ०९:३७

लोकप्रिय