पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान नेपालगन्ज रंगशालाको अवलोकन गरेका छन् । त्यसक्रममा उनले नेपालगन्ज रंगशाला पश्चिम नेपालमा खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण रहेको बताए ।
हिजो मात्रै उनले सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालाको पनि अवलोकन गरेका थिए । नेपालगन्ज रंगशालाको अवलोकनपछि अध्यक्ष प्रचण्डले भने, ‘पश्चिम नेपालमा खेलकुदका संरचनाको विकास हुँदै जानु खुशीको कुरा हो ।’ माओवादी नेतृत्वको सरकार भएको बेलामा नेपालगन्ज रंगशालाको निर्माणले गति लिएको दाबी पनि उनले गरे ।
‘खासगरी हाम्रो पार्टीका नेता महेश्वर गहतराज संघीय खेलकुदमन्त्री भएको बेलामा नेपालगन्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको हो,’ प्रचण्डले भने, ‘त्यसैले पनि यो हाम्रा लागि विशेष महत्त्वको छ ।’ यही वर्ष कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगन्जमा खेल पूर्वाधारहरु पनि आवश्यक पर्ने उल्लेख गर्दै प्रचण्डले नेपालगन्ज रंगशालाको उपयोग गरेर फाइदा लिन आग्रह गरे ।
प्रचण्डले खेलाडीहरुलाई दसौँ राष्ट्रिय खेलकुदमा सफलताको शुभकामना दिए । खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएकाले आफ्नो पार्टीले सरकारमा हुँदा वा नहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उनको भनाई थियो । सो क्रममा विभिन्न खेलको अभ्यासमा जुटेका खेलाडीले प्रचण्डलाई स्वागत गरेका थिए । प्रचण्डसँगै नेता शक्ति बस्नेत, चक्रपाणि खनाल, महेश्वर गहतराज लगायतले रंगशालाको अवलोकन गरेका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके