सूचनाको शक्ति - The Power Of Information

        

एकीकृत समाजवादीका ८४ पोलिटब्युरो सदस्य विजयी (सूचीसहित)

नेकपा एकीकृत समाजवादीले चुनावमार्फत ८४ जना पोलिटब्युरो सदस्य छानेको छ । सार्वजनिक मत परिणाम अनुसार सबैभन्दा धेरै विरोध खतिवडाले २०१ मत पाएका छन् । त्यसैगरी दोस्रो लोकप्रिय मत जीवनराम श्रेष्ठले १९५ मत पाउँदा तेस्रो स्थानमा रहेकी रमा आले मगरले १९४ मत पाएकी छिन् ।

पार्टीको पदाधिकारी चयनको नतिजा बुधबार नै आएको थियो । जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भएकी थिइन् । उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् । यस्तै उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा खुला उपाध्यक्ष पदमा डा गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका थिए ।

यसैगरी उपमहासचिव पदमारामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । यस्तै सचिव (दलित समुदाय) पदमा गणेश बहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाती) पदमा बलदेव चौधरी, सचिव खुलामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, सावित्राकुमारी भुसाल विजयी भएका छन् ।

दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा मंगललबार नै राजेन्द्र पाण्डे निर्विरोध भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

यस्तो छ पोलिटब्युरो सदस्यको मत परिणाम :

 

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार ०६:५६

लोकप्रिय