आज २०८१ साल साउन २८ गते सोमवार, १२ अगस्ट २०२४ । श्रावण शुक्लपक्ष, अष्टमी तिथि । स्वाती नक्षत्र, प्रातः ५ः४३ बजेपछि विशाखा । चन्द्रराशि तुला ।
साथीभाइसँग रमाइलो भेट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । नयाँ कामको योजना बन्न सक्छ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । भौतिक साधनले काममा सहजता ल्याउनेछ । व्यापार बढ्नाले मनग्य लाभ हुनेछ । व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्छ । यात्राका क्रममा अतिथिका रूपमा सत्कार पाइनेछ । दिन रमाइलो रहनेछ ।
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । साहसी काम गरेर लाभ लिन सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । चिताएको काम बन्नाले मनग्य धनलाभ हुनेछ । रोकिएको काम बन्न थाल्नेछन् । प्रयत्न दोहोर्याउँदा लक्ष्यप्राप्ति हुनेछ ।
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । रोकिएको कामले गति लिनेछ ।
व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ । विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ । बेसुरमा दिइएको वचनले आफैंलाई अप्ठ्यारो पर्न सक्छ । विशेष योजना सार्वजनिक नगर्नुहोला । आफन्तको भरपर्दा काम बिग्रन सक्छ, दिगो योजनामा सहयोगी चयन गर्न राम्ररी सोचविचार गर्नुहोला । नयाँ काम थाल्न केही समय पर्खनु बुद्धिमानी हुनेछ ।
नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । व्यवसायमा मनग्य लाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।
अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला । बोलीको समेत गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ । हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ । परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ । बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ । शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला ।
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । रोकिएका काम दोहोर्याउनुपर्ला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्यमा पेटको समस्याले सताउन सक्छ ।
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला । सरसापटमा गएको रकम भने फिर्ता हुनेछ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । दिगो काम थाल्न समयले साथ दिनेछ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । अपिरिचित व्यक्तिले समेत साथ दिनेछन् ।
आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन् । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । उधारोमा व्यापार गर्नुपर्ला । तापनि श्रमको उचित मूल्यांंकन हुनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार बढ्नेछ भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । पढाइमा राम्रै प्रगति होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइले पनि फाइदा दिलाउनेछन् ।
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्वमा पुग्न सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा उठाउने समय छ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, कर्तव्यपरायण रहनुहोला ।
मिहिनेत परे पनि कामको जग बसाउने समय छ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । पहिले प्रतिस्पर्धा गर्नेहरू स्वतस् पछि हट्नेछन् । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रोकिएको कामले पनि निकास पाउनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ ।
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । गोपनीयता बाहिरिनाले समस्या आइपर्ला । आम्दानी रोकिनाले केही योजना पनि रोकिन सक्छन् । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ । ठूलो भागको आशाले भएको वस्तुसमेत गुम्न सक्छ । कामको चाप पनि बढ्न सक्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं