नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डको विकल्प खोज्न खुला बहस भएको छ । पार्टीभित्र एक नेतालाई अर्को नेताका विरुद्ध लडाएर सधैं पकड जमाउन सफल प्रचण्डलाई यसपटक भने दोस्रो तहका नेताहरुले चुनौति दिन थालेका छन् ।
पार्टीका प्रभावशाली नेता (जनार्दन शर्मा) प्रभाकारले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व छाड्न स्थायी समिति बैठकमा खुलेरै सुझाव दिएका छन् । माओवादीको जारी स्थायी कमिटी बैठकमा पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभारबारे लिखित प्रतिवेदन पेश गर्दै नेता शर्माले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न प्रचण्डलाई सुझाव दिएका हुन् ।
पार्टीमा २०४३ सालदेखि निरन्तर नेतृत्व गरिरहेका प्रचण्डलाई औपचारिकरूपमै नेतृत्व छाड्न पार्टीमा नेताको तर्फबाट पेश भएको सम्भवतः यो पहिलो लिखित प्रस्ताव हो । नेतृत्व हस्तान्तरण सम्बन्धमा उनले भनेका छन्, ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण ।’
अध्यक्ष प्रचण्डमाथि सरकार र पार्टीको नेतृत्व गर्दा परिवारवाद लादेको र जनयुद्धमा लडेका कार्यकर्ताहरुलाई बेवास्ता गरेको आरोप लागद्ये आएको सन्दर्भमा शर्माले पनि प्रचण्डमाथि परिवारवाद लादेको तथा वैचारिक मत राख्ने नेताहरूलाई बदनाम गर्न पार्टी तथा राज्यसत्ताको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् । साथै उनले आफ्नो प्रस्तावलाई पूर्वाग्रहको रुपमा नलिन पनि अनुरोध गरेका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं