सूचनाको शक्ति - The Power Of Information

        

एमालेमा ऐन महर र गुलाबजंग शाहलाई कारबाही सिफारिस

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर र कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई कारबाही गर्न अनुशासन आयोगले सिफारिस गरेको छ ।

आयोगबाट खटिएको टोलीले स्थलगत अध्ययनसहितको छानबिनपछि आयोगले शाह र महरलाई कारबाही सिफारिस गरेको आयोगका एक सदस्यले जानकारी दिए ।

अध्यक्ष शाहलाई आर्थिक अपचलन र यौन शोषणको आरोप लागेको छ । पार्टीकै एक महिलाले उजुरी दिएपछि अध्यक्ष शाहमाथि आयोगले छानबिन थालेको थियो । महरलाई पनि यौन शोषणको आरोप लागेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार ०८:५३

लोकप्रिय