अघिल्लो गठबन्धनका सहयोद्धा पुष्पकमल दाहाल प्रचण्डको विरोधमा केपी ओलीले एकताकाको १० भाइ मध्येका योगेश भट्टराईलाई संसदबाट बोल्न लगाए । १० भाइमध्येकै अर्का सचिव गोकर्ण विष्टलाई भने विश्वासको मत लिँदा आफ्नो समर्थनमा भाषण गर्न लगाइयो ।
अध्यक्ष ओलीका निम्ति ज्यानै फालेर लाग्ने गोकुल बाँस्कोटा, विनोद ढकाल र महेश बस्नेतहरू लाखापाखा भएपछि अहिले १० भाई भनी डामिएका नेताहरुमाथि भुक्तमान आइलागेको हो । अरूबेला पनि डिफेन्डरको रूपमा १० भाइमध्येकै रघुजी पन्तलाई अघि सार्ने गरिएको छ ।
सुविधा दिने र प्रमोट गर्ने बेला महेश बर्तौला, अञ्जान शाक्य र सुनिता बराललाई सम्झने तर आक्रमण र प्रतिरक्षाका लागि भने १० भाईलाई उभ्याउने गज्जबको रणनीति एमालेभित्र देखिएको स्रोतले बताएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं