सूचनाको शक्ति - The Power Of Information

        

अस्ट्रेलियन डलरको मूल्य बढ्दा युरो र पाउन्डको घट्यो

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर स्थिर रहँदा अस्ट्रेलियन डलरको मूल्य बढेको छ । त्यसैगरी युरो, पाउन्डसहितका केही विदेशी मुद्राको मूल्य भने घटेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा थियो ।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ७० पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा थियो ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३४ पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ४३९ रुपैयाँ २३ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ३९ पैसा थियो ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ६० र बिक्रीदर ३५६ रुपैयाँ १९ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ५६ र बिक्रीदर ३५६ रुपैयाँ १५ पैसा थियो ।

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची :

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.66 134.26
EUR  (European Euro) 1 144.24 144.89
GBP  (UK Pound Sterling) 1 170.65 171.42
CHF  (Swiss Franc) 1 152.41 153.10
AUD  (Australian Dollar) 1 87.36 87.75
CAD  (Canadian Dollar) 1 96.72 97.16
SGD  (Singapore Dollar) 1 99.90 100.34
JPY  (Japanese Yen) 10 8.89 8.93
CNY  (Chinese Yuan) 1 18.44 18.53
SAR  (Saudi Arabian Riyal) 1 35.62 35.78
QAR  (Qatari Riyal) 1 36.64 36.81
THB  (Thai Baht) 1 3.75 3.77
AED  (UAE Dirham) 1 36.39 36.55
MYR  (Malaysian Ringgit) 1 29.25 29.38
KRW  (South Korean Won) 100 9.78 9.83
SEK  (Swedish Kroner) 1 12.51 12.57
DKK  (Danish Kroner) 1 19.33 19.42
HKD  (Hong Kong Dollar) 1 17.10 17.18
KWD  (Kuwaity Dinar) 1 437.27 439.23
BHD  (Bahrain Dinar) 1 354.60 356.19

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार ०६:३६

लोकप्रिय