सूचनाको शक्ति - The Power Of Information

        

नवनियुक्त प्रदेश प्रमुखको शपथ आज

नवनियुक्त प्रदेश प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वाग्मती, लुम्बिनी र कर्णालीको प्रदेश प्रमुख नियुक्त गरेका थिए ।

संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले वाग्मतीको प्रदेश प्रमुखमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णालीको प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशी नियुक्त गरेका थिए ।

उनीहरूले आज साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार ०६:३४

लोकप्रिय