राष्ट्रपति रामचन्द्र पौडेलले बागमती, लुम्बिनी र कर्णाली प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेका छन् । संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बीनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेशको नाम नियुक्तिका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं