बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका ४५७ किसानलाई क्षतिपूर्ति वितरण गरेको छ । गत आर्थिक वर्ष २०८०–०८१ मा एक वर्षको अवधिमा पशु धन क्षति भएका ४५७ किसानलाई रु ३० लाख १८ हजार ४१० क्षतिपूर्ति वितरण गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताए ।
उनका अनुसार एक वर्षको अवधिमा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चितुवा आक्रमणबाट सामान्य घाइते भएका दुई सर्वसाधारणलाई रु एक लाख २३ हजार ८१० क्षतिपूर्तिबापत उपलब्ध गराइएको छ भने पशुधन क्षतिका १८१ घटनामा रु १८ लाख २५ हजार ३०० र अन्नबाली क्षतिका २७२ घटनामा रु १० लाख ६९ हजार ३०० क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले बताए ।
बाँके राष्ट्रिय निकुञ्जले अघिल्लो आर्थिक वर्षमा तीन सय ६४ वन्यजन्तुबाट पीडित सर्वसाधारणलाई क्षतिपूर्ति प्रदान गरेको थियो । चितुवाको आक्रमणबाट तीन सख्त घाइते र एक सामान्य घाइतेलाई रु चार लाख ८९ हजार, पशुधन क्षतिका ६८ घटनामा रु छ लाख ९६ हजार चार सय ५० र अन्नबाली क्षतिका दुई सय ९२ घटनामा रु १२ लाख ४१ हजार दुई सय ५० क्षतिपूर्ति वितरण गरिएको थियो ।
बाँके राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०८०–०८१ मा वन्यजन्तुको चोरी–सिकारी तथा अपराधसम्बन्धी विभिन्न सात थान मुद्दा दर्ता गरेको छ । सात मुद्दामध्ये छ थान बाँके राष्ट्रिय निकुञ्ज र एक बाँके जिल्ला अदालतमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार दर्ता गरिएको निकुञ्जका रेञ्जर बिनिता केसीले जानकारी दइन् ।
उनका अनुसार गत आर्थिक वर्षमा संरक्षित जनावर चौखाको चोरी–सिकारीमा संलग्न एक मुद्दा बाँके जिल्ला अदालतमा दर्ता गरिएको छ भने सवारी साधनको ठक्करबाट मृत्यु भएका पाँच र चित्तल सिकारीको एक गरी छ मुद्दा निकुञ्जमै दर्ता भएका छन् ।
‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित जनावरको चोरी–सिकारीको मुद्दा अदालतमा दर्ता गर्छौं, अन्य जनावरको मुद्दा निकुञ्जमै दर्ता गरेर अनुसन्धान र फैसला हुने गर्दछ,’ निकुञ्जका रेञ्जर केसीले भनिन्, ‘गत आर्थिक वर्षका सातवटा मुद्दा अनुसन्धानका क्रममा रहेका छन्, अझै फैसला भइसकेको छैन ।’
गत आर्थिक वर्ष सवारी साधनसँग ठोक्किएर एक रतुवा र चार चित्तलको मृत्यु भएको तथा एक चित्तल चोरी–सिकारीको मुद्दा निकुञ्जमा दर्ता भएको छ । यसैगरी, संरक्षित जनावर चौखा चोरी–सिकारीको एक मुद्दा बाँके जिल्ला अदालतमा दर्ता भएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके