कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट दुई करोड १४ लाख ७५ हजार ९१७ रुपैयाँ राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०८०–०८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट ४१ लाख १२ हजार २००, सुर्खेत प्रादेशिक सहिद पार्कबाट ९० लाख ९० हजार, काक्रेबिहारबाट ११ लाख ५० हजार ३०० र बुलबुले उद्यानबाट ७१ लाख १४ हजार ४१७ रुपैयाँ राजस्व संकलन गरेको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख प्रशासकीय अधिकृत देवकुमारी शाहीका अनुसार से–फोक्सुण्डो ताल, गुराँसे गाउँपालिकामा रहेको दैलेख ‘भ्यूटावर’बाट संकलन भएको राजस्व यसमा समावेश भएको छैन ।
पर्यटकीयस्थलले युक्त कर्णालीका सल्ल्यानको कुपिण्डे ताल, रुकुमपश्चिमको स्यार्पुताल, जुम्लाको गिडी दह, चन्दननाथ मन्दिर, कनकासुन्दरी, डोल्पाको त्रिपुरासुन्दरी, कालिकोटको पचाल झरना, दैलखेको पञ्चकोशी, दुल्लु दरबार, गढी क्षेत्र, हुम्लाको लिमी उपत्यका, जाजरकोट दरबार, सुर्खेतको बराहताल, जाजुरा दह लगायत स्थानको अभिलेख पनि मन्त्रालयसँग नभएको उनले बताइन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कर्णाली