कर्णाली प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षमा पुगेको छ । सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा रहेको हो ।
सङ्घीय सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच सत्ता सहकार्य भएपछि कर्णालीमा माओवादी सरकारबाट बाहिरिएको हो । प्रदेश संरचना कार्यान्वयन भएको साढे छ वर्षमा कर्णालीमा माओवादीबाट दुईजना मुख्यमन्त्री र १८ जना मन्त्री बनेका थिए ।
अब कर्णालीमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा सत्ता सहकार्य हुनेछ । सरकारमा सहभागी हुने विषयमा आजैदेखि छलफल सुरु हुने भए पनि केन्द्रबाट निर्देशन नआएको कांग्रेसका प्रदेशसभा सदस्य बेदराज सिंहले जानकारी दिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कर्णाली