नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्यापन हुने भएको छ । चितवनदेखि पश्चिमतर्फ पहिलो पटक बाँकेको कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्यापन सुरु गर्न लागिएको हो ।
दन्त चिकित्सा अध्ययनका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले सबै तयारी पूरा गरेको जनाएको छ । नेपालगन्ज मेडिकल कलेजका अध्यक्ष डा.खुमाप्रसाद अर्यालले नेपालमा पछिल्लो समय सामान्य जनमानसमा मुख स्वास्थ्यप्रतिको चेतना वृद्धिसँगै दन्त चिकित्सकको अध्ययनमा रुचि बढ्दै गएको पाइएको बताए ।
उनले मुख खानेकुराको प्रवेशद्वार भएको हुँदा केही समस्या हुनासाथ मानिसहरू चिकित्सकलाई देखाउन पुगिहाल्ने हुँदा सहरी क्षेत्रमा थुप्रै दन्त क्लिनिक खुल्न थालेकोले बीडीएसप्रति आकर्षण बढेकोले बिडिएसको अध्ययन सुरु गरिएको बताए ।
नेपालमै बीडीएसको अध्ययन–अध्यापन प्रारम्भ भएपछि सोका लागि विदेश पढ्न जाने विद्यार्थीको सङ्ख्यामा कमी आएकोले नेपालबाट दन्त चिकित्सक पढ्ने विद्यार्थीबाट वार्षिक रूपमा बिदेसिने अर्बौँ रुपियाँ जोगिएको अध्यक्ष अर्यालको भनाइ छ ।
सोही क्रममा दन्त चिकित्सामा स्नातक अध्यापन गराउनका लागि सो मेडिकल कलेजले कोहलपुर शिक्षण अस्पतालमा डेन्टल अस्पताल विधिवत् रूपमा सञ्चालनमा ल्याएको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा.भोला थापाले हालै सो अस्पतालको उद्घाटन गरेका थिए । उक्त डेन्टल अस्पतालमा ५० वटा डेन्टल चेयर राखेर बिरामीको उपचार सुरु गरिएको शिक्षण अस्पताल कोहलपुरका वरिष्ठ प्रशासन अधिकृत विष्णुप्रसाद पोखरेलले बताए ।
उनले हालका लागि हरेक वर्ष ४० जना विद्यार्थीलाई बिडिएसमा भर्ना गर्ने गरी तयारी गरिएको जनाउँदै आवश्यकता अनुसार कोटा थप गर्दै जाने पनि बताए । सो मेडिकल कलेजले हाल एमबिबिएसमा हरेक वर्ष सय जना विद्यार्थीलाई भर्ना गर्दै आएको छ भने कोहलपुर र नेपालगन्जमा ठुला शिक्षण अस्पताल सञ्चालन गर्दै आएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके