राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेको मुद्दामा आज थुनछेक बहस सुरु हुने भएको छ । आइतबार बयान सकिएपछि आज थुनछेक बहस हुने भएको हो ।
हिजो थुनछेक बहस नहुँदा उनलाई हिरासतमा पठाइएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा आइतबार बयान सकिएपछि थुनछेक बहसका निम्ति जिल्ला सरकारी वकिललाई खबर गरिएको थियो ।
तर, सरकारी वकिलहरू ढिला गरी अदालत पुगेपछि बहस सुरु हुन सकेको थिएन । रविविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं अदालतमा मुद्दा दर्ता गरिएको छ । स्वर्णलक्ष्मी सरकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं