नेकपा एमालेले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । केन्द्रको निर्देशनपछि उपनेता आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिएको प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए ।
यसअघि एकाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्काजस्तै थियो । तर, अन्तिम समयमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने एक घण्टाअघि मात्रै गिरीको नाममा टिपेक्स लागेपछि संसदीय दलका नेता गिरी मुख्यमन्त्रीको दौडबाट आउट भएका छन् ।
एमालेले मुख्यमन्त्रीमा संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेपछि दलका नेता लिला गिरीले असन्तुष्टि जनाएका छन् । उनले यो निर्णय संसदीय मूल्यमान्यता विपरीत भएको टिप्पणी गरेका छन् । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बन्नबाट अन्तिम समयमा रोकिएका एमाले संसदीय दल नेता लीला गिरीसँग पार्टी संसदीय मूल्य मान्यता विपरीत जाँदा इमान्दार कार्यकर्ता अन्यायमा परेको क्षोभ प्रकट गरे ।
उनले भने, ‘अब मैले के गर्नेभन्दा पनि पार्टीले आफ्नो प्रक्रिया अनुसार मुख्यमन्त्री छान्छ । तर यो संसदीय मूल्य मान्यता विपरीत छ । पार्टी विधि अनुसार भएको हो भन्ने मलाई लाग्दैन । म के भएँ, के भइनँ भन्दा पनि यस्तो किसिमको प्रवृत्तिले इमानदार कार्यकर्तालाई खटेर काम गर्न उत्प्रेरित गर्दैन । प्रणाली बिगार्न किन नेताहरु लाग्नुभयो होला, मैले बुझेको छैन ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । लुम्बिनी