लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि सोमबार अपराह्न ६ः३० बजेसम्म दाबी पेस गर्न आह्वान गरेका हुन् ।
यसअघि अल्पमतमा परेपछि मुख्यमन्त्री जोखबहादुर महराले आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका थिए । केन्द्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमति अनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको छ ।
सोअनुसार लुम्बिनीमा एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी छ । एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आइतबार दुई दलको बैठकसमेत बसेको थियो । एमाले प्रमुख सचेतक तुलसी चौधरीले सोमबार पहिलो चरणमै दाबी पेस गर्ने तयारी गरिएको जानकारी दिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । लुम्बिनी