सूचनाको शक्ति - The Power Of Information

        

डलरको भाउ अहिलेसम्मकै उच्च, नेपाली मुद्राको अवमूल्यन

अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि एक अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ १७ पैसा तोकेको छ । खरिद दर १३३ रुपैयाँ ५७ पैसा छ, जुन अहिलेसम्मकै उच्च हो ।

शुक्रबार अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ १५ पैसा र खरिद दर १३३ रुपैयाँ ५५ पैसा थियो । डलरको मूल्यमा नयाँ रेकर्ड बन्दा नेपाली मुद्राको अवमूल्यन भएको छ । भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपैयाँ सबैभन्दा सस्तो दरमा ओर्लेको हो ।

नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमयदर कायम छ । डलरको मूल्यवृद्धिले नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव पर्छ, तर आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याजलाई असर गर्ने बताइन्छ ।

आजको विनिमयदर

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 133.57 134.17
EUR (European Euro) 1 145.47 146.12
GBP (UK Pound Sterling) 1 172.62 173.39
CHF (Swiss Franc) 1 150.15 150.82
AUD (Australian Dollar) 1 89.44 89.84
CAD (Canadian Dollar) 1 97.44 97.87
SGD (Singapore Dollar) 1 99.35 99.80
JPY (Japanese Yen) 10 8.48 8.52
CNY (Chinese Yuan) 1 18.37 18.46
SAR (Saudi Arabian Riyal) 1 35.61 35.77
QAR (Qatari Riyal) 1 36.63 36.79
THB (Thai Baht) 1 3.68 3.70
AED (UAE Dirham) 1 36.37 36.53
MYR (Malaysian Ringgit) 1 28.49 28.62
KRW (South Korean Won) 100 9.62 9.67
SEK (Swedish Kroner) 1 12.53 12.59
DKK (Danish Kroner) 1 19.50 19.58
HKD (Hong Kong Dollar) 1 17.10 17.18
KWD (Kuwaity Dinar) 1 436.73 438.69
BHD (Bahrain Dinar) 1 354.34 355.94

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार ०८:०९

लोकप्रिय