सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ४९ हजार ८०० पुग्यो

नेपाली बजारमा सुनको भाउले दोस्रो दिन पनि कीर्तिमानी उचाइ छोएको छ । साताको चौथो कारोबार दिन आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

आज बुधबार नेपाली बजारमा सुनको मूल्य छापावाल सुन प्रतितोला दुई हजार रुपैयाँले बढेर एक लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार ११:३६