२०८३ मंसिर ३ , बिहीबार 19, November 2026, Thursday

फ्रान्सको पत्रिकाले लेख्यो, ‘राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन’

नेपालमा निरन्तर रूपमा भइरहेको सत्ता परिवर्तनलाई लिएर युरोपेली मुलुक फ्रान्सको एक चर्चित पत्रिका ले मोन्डेले ‘नेपाल, द वर्ल्ड च्याम्पियन अफ पोलिटिकल इस्टाबिलिटी’ (राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन) शीर्षकमा एउटा समाचार प्रकाशित गरेको छ ।

सानो हिमाली गणतन्त्रमा हालै १५ वर्षमा १४औँ प्रधानमन्त्री नियुक्त भएको जनाएको छ । राजनीतिक अस्थिरताको ओलम्पिक खेलमा नेपालले सबैभन्दा उच्च स्थान पाएको जनाउँदै ७२ वर्षीय नयाँ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले गएको मंगलबार २००८ यताको १४औँ प्रधानमन्त्रीको शपथ लिएको जनाएको छ ।

उनी सन् १९९० मा संसदीय व्यवस्था पुनःस्थापना भएपछिको ३० औँ प्रधानमन्त्री भएको समेत चर्चा गरेको छ । हरेक वर्षजस्तो नयाँ प्रधानमन्त्री हुने गरेको सो पत्रिकाले उल्लेख गरेको छ । सन् २०२२ को तथ्यांक अनुसार फ्रान्समा अपराह्नकालीनले मोन्डेको सर्कुलेसन औसतमा प्रतिअंक चार लाख ८० हजार प्रति छ । विदेशमा पनि यो पत्रिका ४० हजार प्रति बिक्री हुने जनाइएको छ ।

फ्रान्सको चर्चित पत्रिका ‘ले मोन्डे’मा प्रकाशित समाचार

Nepal, the world champion of political instability

प्रकाशित मिति : २०८१ साउन २ गते बुधबार