मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । नेपालका आठ वटा बैंकहरुद्वारा संयुक्त रुपमा प्रवर्द्धित मेरोमाइक्रोफाइनान्सले सहायक अधिकृत तहको शाखा प्रबन्धक तथा सहायक तहका कनिष्ठ सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायक पदका लागि कर्मचारीहरू माग गरेको हो ।
संस्थाले तीनै पदमा केही कर्मचारी माग गरिएको बताएको छ भने आवश्यक कर्मचारी संख्या भने खुलाएको छैन । अधिकृत श्रेणीका लागि २१ देखि ४० वर्ष तथा सहायक पदका लागि १८ देखि ३५ वर्ष उमेर समूहले आवेदन दिनसक्नेछन् । महिलाको हकमा भने उक्त उमेर हद पाँच वर्ष बढी रहनेछ । इच्छुकले साउन १५ भित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।
आवेदन आएकाबाट लिखित, अन्तर्वार्ता, प्रस्तुतिकरण, कम्प्युटर र प्रयोगात्मक विधिबाट परीक्षा लिइनेछ । शाखा प्रबन्धक र सहायक पदमा ६ महिनाको परीक्षणकालका लागि नियुक्ति दिइने र प्रशिक्षार्थीलाई एक वर्ष प्रशिक्षकालपछि कार्यसम्पादनका आधारमा नियुक्ति दिइने बताइएको छ । इच्छुकले apply.meromicrofinance.com मार्फत् आवेदन दिन सक्ने छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं