२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

सरकार राजस्व उठाउन असफल, ७५ प्रतिशत मात्रै संकलन

सरकारले आर्थिक वर्ष २०८०–०८१ मा लक्ष्य अनुसार राजस्व उठाउन असफल भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा करिब ७५ प्रतिशत अर्थात १० खर्ब ७५ अर्ब रुपैयाँ बराबर राजस्व उठेको छ ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट खर्च १५ खर्ब ३० अर्ब हुने र १२ खर्ब ५३ अर्ब रुपैयाँ बराबर राजस्व संकलन हुने अनुमान गरेका थिए । तर उनको अनुमान असफल भएको तथ्यांकले देखाएको छ । अर्थतन्त्रमा आएको सङ्कुचन, महँगी बढ्नु र आयात घट्नु लगायत कारण राजस्व कम उठेको सरकारको दाबी छ । महालेखाको तथ्याङ्क अनुसार सरकारले करिब ११ खर्ब रुपैयाँ आम्दानी गरेको छ । जुन खर्चभन्दा तीन खर्ब रुपैयाँ कम हो ।

प्रकाशित मिति : २०८१ साउन १ गते मंगलबार