सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

आजदेखि नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

गएराति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढेको हो । मूल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ भएको छ भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ । निगमले भारतबाट आएको नयाँ मूल्य सूची बढेर आएकाले मूल्य बढाएको जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार ०८:१२