सूचनाको शक्ति - The Power Of Information

        

ओलीले लिए प्रधानमन्त्रीको सपथ, २२ सदस्यीय मन्त्रिपरिषद् गठन (सूचीसहित)

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराएका छन् । नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिसँगै अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेसँगै ओलीले मन्त्रिपरिषद् गठन गरेका हुन् । प्रधानमन्त्री ओलीले गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले मन्त्रीहरू नियुक्त गरेका हुन् । उनीहरूले पनि शपथ लिएका छन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तिहरु सहभागी थिए ।

यी हुन् प्रधानमन्त्रीसहितका मन्त्री

१‍. केपी शर्मा ओली, प्रधानमन्त्री

२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास मन्त्रालय

३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ मन्त्रालय

४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय

५. रमेश लेखक, गृह मन्त्रालय

६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार मन्त्रालय

७. आरजु राणा देउवा, परराष्ट्र मन्त्रालय

८. नवलकिशोर साह सुडी, महिला बालबालिका मन्त्रालय

९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद मन्त्रालय

१३. प्रदीप यादव, खानेपानी मन्त्रालय

१४. प्रदीप पौडेल, स्वास्थ्य मन्त्रालय

१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय

१६. बद्री प्रसाद पाण्डे, पर्यटन मन्त्रालय

१७. रामनाथ अधिकारी, कृषि मन्त्रालय

१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

१९. मानवीर राई, रक्षा मन्त्रालय

२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा मन्त्रालय

२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य मन्त्रालय

२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण मन्त्रालय

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार १२:१६

लोकप्रिय