सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीका लागि दाबी पेश, नियुक्ति र शपथ भोलि

राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । सरकार गठनका लागि आइतबार ५ बजेसम्मको समय दिइएकाले नियुक्ति पनि सोही दिन हुने भएको हो ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन् । आइतबार ओलीको नियुक्ति हुनेछ र सोही साँझ शपथ ग्रहण समेत हुनेछ ।

तीन वर्षअघि असार २८ गते सर्वोच्च अदालतको परमादेशबाट सत्ताच्युत भएका ओलीले असार २८ गतेकै दिन प्रधानमन्त्री बन्न शेरबहादुर देउवाको समर्थनमा राष्ट्रपति निवास पुगेका थिए । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

त्यसलगत्तै प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन् । ओलीलाई प्रधानमन्त्रीमा एमालेका ७८ र कांग्रेसका ८८ गरी १६६ सांसदले समर्थन गरेका छन् ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार १०:४३

लोकप्रिय