सूचनाको शक्ति - The Power Of Information

        

विश्वमा चीनको आर्थिक प्रभाव, कहाँ कस्तो ?

चीनको आर्थिक प्रभाव विश्वका मध्यम आय भएका मुलुकमा भन्दा बढी सकारात्मक रूपमा लिने गरेको पाइएको छ । पिउ रिसर्च सेन्टरले ३५ देशमा गरेको सर्भेका क्रममा यस्तो नतिजा आएको हो । ‘हामीले सर्भे गरेका ६ महादेशका सबै देशका बहुसंख्यकले चीनको प्रभाव आफ्नो देशको आर्थिक अवस्थामा सुहाउँदो भएको जनाएको’ वासिंटनमा आधारित सो थिंक ट्यांकले सोमबार जारी गरेको रिपोर्टमा उल्लेख छ ।

१३ मध्ये १० देशका धेरै मानिसले त्यही प्रश्न पाँच वर्षअघि सोधिएको भन्दा आफ्नो देशको अर्थतन्त्रसँग चीनको राम्रो प्रभाव परेको जनाएको पिउले उल्लेख गरेको छ । चीनको सबैभन्दा राम्रो प्रभाव ब्राजिलमा परेको छ । जहाँ २०१९ मा २६ प्रतिशत सकारात्मक भएकोमा २०२४ मा ५१ प्रतिशत छन् ।

यस्तै, भारत, केन्या, अर्जेन्टिना, मेक्सिको, ट्युनिसिया र टर्कीमा त्यसको दायरा १२ बाट बढेर १९ प्रतिशत पुगेको छ । फरक सर्भे समय सीमामा चिली पनि माथि उक्लिएको पाइएको छ । सर्भेमा भाग लिएका ६० प्रतिशतले चीन उनीहरूको अर्थतन्त्रमा प्रभावशाली भएको बताएका छन् । २०१३ मा भन्दा अहिले २९ प्रतिशतले बढेको छ ।

सर्भे ३५ देशका ४४ हजारभन्दा बढीसँग गरिएको थियो । सो सर्भे जनवरी र मेको बीचमा गरिएको थियो । यसमा एसिया प्यासिफिक, युरोप, अमेरिका, अफ्रिका र मध्यपूर्व–उत्तर अफ्रिका क्षेत्रका देशहरू सामेल थिए । सबैभन्दा धेरै चीनको विदेशमा आर्थिक प्रभाव बेल्ट् एन्ड रोड इनिसिएटीभ (बीआरआई)को परेको पाइएको छ । बीआरआई दश वर्षअघि सुरु भएको थियो ।

चीनको अहिले विदेशमा प्रत्यक्ष लगानी करिब तीन ट्रिलियन डलर रहेको पिउले जनाएको छ । रिपोर्टमा घरेलु आर्थिक अवस्थाका बारेमा पनि चीनको प्रभावको चर्चा गरिएको छ । १५ मध्येका आठ देशमा जसको पहिलाको तथ्यांक पनि उपलब्ध छ, चीनको प्रभाव बढी नकारात्मक भएको बताएको पिउले जनाएको छ ।

जापानमा यसको मात्रा सन् २०१९ मा ४२ प्रतिशत थियो भने २०२४ मा ६७ प्रतिशत नकारात्मक पुगेको छ । उनीहरूले चीनको आफ्नो आर्थिक अवस्थामा नकारात्मक असर गरेको जनाएका छन् । इजरायलमा नकारात्मक मात्रा १६ अंकले वृद्धि भएको छ । अर्जेन्टिनामा आठ अंकको प्रतिशतले फरक परेको छ ।

यस्तै, दक्षिण कोरिया र ट्युनिसियामा २०१९ को भन्दा सात प्रतिशतले वृद्धि भएको छ । मेक्सिको एउटा त्यस्तो मुलुक हो जहाँ धेरैले चीनले सकारात्मक प्रभाव पारेको बताएका छन् । जहाँ २०१९ मा ५३ प्रतिशत सकारात्मक प्रभाव परेको बताएकोमा २०२४ मा बढेर ६० प्रतिशत पुगेको छ ।

यो वर्षको मात्रै तथ्यांक हेर्दा फरक आम्दानीको तहअनुसार चीनको प्रभाव विभाजित देखिएको छ । १७ वटा मध्यम आय भएका देशको सर्भे गर्दा ४७ प्रतिशत मध्यम वर्गीय मानिसले चीनले सकारात्मक प्रभाव पारेको जनाएका छन् । १८ उच्च आम्दानी भएका मुलुकमा गरिएको सर्भेमा मध्यम आयका ५७ प्रतिशत मानिसले नकारात्मक धारणा राखेका छन् ।

चीनको प्रभावबारे सबैभन्दा बढी नकारात्मक धारणा अमेरिकामा पाइएको छ । जहाँ ७६ प्रतिशतले नकारात्मक धारणा राखेका छन् । त्यसपछि जर्मनीका ६९ प्रतिशत, फ्रान्सका ६८ प्रतिशत तथा क्यानडा, जापान, दक्षिण कोरिया र अष्ट्रेलियाका ६७ प्रतिशतले नकारात्मक धारणा राखेका छन् । सिंगापुर, नाइजेरिया, मलेसिया, थाइल्यान्ड र पेरुका मानिसले चीनको सकारात्मक असर परेको जनाएका छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १४:४२

लोकप्रिय